site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद राजभण्डारीको प्रश्न– आधाभन्दा बढी विद्यार्थी ‘फेल’ भएको जिम्मेवारी कसको ?  

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसी सांसद सपना राजभण्डारीले कक्षा–१२ को परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएको जिम्मेवारी कसले वहन गर्ने भन्दै प्रश्न गरेकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले एसईई र कक्षा–१२ मा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएको उल्लेख गरिन् । उनले कलिला विद्यार्थीलाई असफलताको ‘ट्याग’ भिराएको जिम्मा कसले लिने भन्दै प्रश्न गरिन् ।

Dabur Nepal
NIC Asia

“१२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थी पास भए । एसईईमा ४७.८७ प्रतिशत मात्र पास भए । दुवैथरी परीक्षामा आधाभन्दा धेरै विद्यार्थी फेल गराइयो,” उनले भनिन्, “कलिला विद्यार्थीलाई असफलताको ट्याग भिराइयो । तिनलाई निराश तुल्याइयो । यसको जिम्मेवारी कसले लिने ?”

सांसद राजभण्डारीले किन यस्तो नतिजा आयो भन्दै थप प्रश्न गरिन्, “यसमा दोषी को ? शिक्षा मन्त्रालय कि विभाग ? शिक्षक कि अभिभावक या विद्यार्थी स्वयम् ?” उनले यसप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro