site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६, साहुमारास्थित भित्री सडकखण्डमा सोमबार बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खसेको हो । दुर्घटनामा भारतको महाराजगञ्जका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते छन् ।

पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्ता पश्चिम)मा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro