site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शार्कमा लागुऔषध कोकिन पाइनुको रहस्य

रियो द जेनेरियो । ब्राजिलमा जीव वैज्ञानिकहरू समुद्रमा भएका शार्कमा कोकिन पाइनुको रहस्यबारे नयाँ कुरा पत्ता लगाउन जुटेका छन् । ओसवाल्डो क्रुज फाउन्डेसनका वैज्ञानिकले रियो द जेनेरियोको समुद्री तटमा १३ वटा शार्कमा कोकिन जाँच गरेका थिए । यसलाई ब्राजिलियन शार्पनोज शार्कको नामले पनि चिनिन्छ ।

जाँचमा यिनीहरूको मांसपेशी र कलेजोमा बढी मात्रामा ड्रग्स पाइएको थियो । शार्कमा पाइने कोकिनको मात्रा पत्ता लगाउन यो पहिलो अध्ययन हो । यद्यपि, जनावरको शरीरमा ड्रग्सलाई लिएर कैयौं अध्ययन भएका छन् ।

केही विशेषज्ञले शार्कको शरीरमा कोकिन समुद्रको पानीमा कोकिन तयार पार्ने अवैध प्रयोगशाला वा ड्रग्स सेवन गर्नेहरूको मलमुत्रबाट पुगेको हुनसक्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

समुद्रमा ड्रग्स फैलिनुको कारण सोही हुनसक्छ । समुद्रमा तस्करीका रूरुपमा ड्रग्स लैजाने र फ्याक्ने वा हराएका कोकिनका प्याकेटको कारणले पनि हुन त्यसो भएको हुनसक्छ । तर, अध्ययनकर्ता यसको सम्भावना कम मात्रै भएको बताउँछन् ।

जीव वैज्ञानिकमध्येका एक रेचल डेविस शार्कको अध्ययनको क्रममा हासिल नतिजाको बारेमा भन्छन्, “हामी मेक्सिको र फ्लोरिडामा जस्तो समुद्रमा डंप गरिने वा हराउने कोकिन यहाँ देख्दैनौँ । यसले हामी दुवै परिकल्पनाका कुरा गर्दछौं ।” 

शोधनकर्ताहरूका अनुसार अन्य समुद्री जीवको तुलनामा शार्कको परीक्षणमा कोकिनको मात्रा १०० गुणा अधिक थियो ।
 
चिन्ताको कारण
द जर्नल साइन्ससँग कुरा गर्दै पुर्तगालको लिरियामा सेन्टर फर इन्भायरोनमेन्ट एण्ड मरिन साइन्सका सारा नौबेसले अध्ययनमा आएको खोज महत्वपूर्ण भएको बताइन् । अध्ययनमा सबै पोथी शार्क गर्भवती रहेको पत्ता लागेको थियो । यद्यपि, अहिले पनि यो पत्ता लागेको छैन कि उनीहरूको भ्रुणमा कोकिनको कस्तो प्रभाव छ । ड्रग्सले शार्कको व्यवहारको प्रभावित गरिरहेको छ अथवा छैन भन्ने पुष्टि गर्न अझै रिसर्च गर्नु जरुरी छ । 

तर, पहिलो सोधले यसतर्फ संकेत गर्दै यो ड्रग्सको प्रभाव जनावर र मानिस दुवैमा समान रूपले हुने जनाएको छ । यहाँ अनुसन्धानकर्ताले एक खालको शार्कमा मात्रै अध्ययन गरेका छन् । तथापि, उनीहरूले यो इलाकामा शार्कका अन्य प्रजातिमा पनि कोकिनको प्रभाव परेको हुनसक्ने बताएका छन् । 

रेचल डेविस अगाडि भन्छन्, “शार्क मांसाहारी हो । त्यसैले यसले आफ्नो भोजनका लागि माछाको शिकार गर्छ । ती माछा रासायनिक प्रदूषण र कोकिनबाट दूषित भएका हुन सक्छन् । यसैको कारण शार्कमा कोकिन आएको हो ।” 

कोकिनको ट्रान्जिट रुट
डाक्टर क्यामिला नुन्स डायस ब्राजिलकै फेडरल युनिभर्सिटी अफ एबीसीमा प्राध्यापक र साओपाउलो विश्वविद्यालयमा समाजशास्त्र विभागसँग जोडिएका छन् ।

उनका अनुसार ब्राजिलको लोकेसनले ड्रग्स तस्करहरूलाई आकर्षित गरेको छ । तस्करले आफ्नो सामान आमरुपमा युरोप र अफ्रिकाको बजारमा पठाउन ब्राजिलको बाटो प्रयोग गर्छन् । उनका अनुसार ब्राजिलको लोकेसनले अपराधीका लागि ड्रग्सको कारोबारको कारण खास बनाएको छ ।

ब्राजिलको पश्चिमी सीमा पेरु, कोलम्बिया र बोलिभियाजस्ता ड्रग्सका उत्पादक देशसँग जोडिएको छ । कैयौँ बन्दरगाहबाट हुने एटलान्टिकसम्मको ब्राजिलको पहुँचले यसलाई तस्करहरूको बीच खास बनाउने गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार कोकिन लिइरहेका गोताखोरका कारणले पानी पनि प्रदूषित भइरहेको छ ।

गोताखोरबाट समुद्रमा पुगिरहेको छ ड्रग्स
समुद्रको पानीमा ड्रग्सको उपस्थितिलाई लिएर नुन्स डायसको भनाइ भने अध्ययनकर्ताको भन्दा फरक छ । उनका अनुसार यो इलाकाको प्रयोगशालामा रिफाइन गरिएको कोकिनबाट पानी दूषित भएको थिएन । यो कुराको सम्भावना निकै बढी छ । विमानबाट लिएर जाने क्रममा ड्रग्सबाट पानी दूषित भएको हो । 

साओपाउलो विश्वविद्यालयकै सेन्टर फर भ्वाइलेन्स स्टडिजका एक विज्ञ भन्छन्, “गोताखोरका कारण विमानमा कोकिन राख्ने रणनीतिको हामीले पत्ता लगाएका छौँ । यसैले मलाई लाग्दछ कि नुन्स डायसको तर्कमा दम छ ।” 

विश्वका अधिकांश देशमा कोकिन प्रतिबन्धित छ । कोकिनले ती मानिसलाई नोक्सान पुर्याइरहेको छ, जो यसको सेवन गर्छन् । यसको ओभरडोजले मृत्युको मुखमा समेत पुर्याउँछ । 

समाजशास्त्री नुन्स डायसले ब्राजिलमा कोकिन नदी र सडकमार्फत पुग्ने बताएका छन् । त्यसपछि बन्दरगाह र हवाई अड्डामार्फत् युरोप पठाइने गरेको छ । “यद्यपि, ब्राजिल पनि एउटा ठूलो हब हो । तर, अमेरिकामा कोकिन मुख्यतः मेक्सिको र कोलम्बियाका तस्करले पुर्याउँछन्,” नुन्स डायस भन्छन्, “ब्राजिलका सबै बन्दरगाहले एक हिसाबले एक्जिट प्वाइन्टको हिसाबले काम गर्दछन् । यी बन्दरगाहको नियन्त्रण आपराधिक गिरोहको हातमा हुने गरेको छ ।” 

यो अध्ययनको खोजले शार्कको मासु खाने मानिसको शरीरमा कोकिन प्रवेश गर्न सक्ने नयाँ आशंकालाई जन्म दिएको छ । यसमाथि शोधकर्ता रेचल डेभिसको भनाइमा ब्राजिलमा डगफिस शार्कको भोजनको रूपमा प्रयोग गर्ने ड्रग्स मानव शरीरमा प्रवेश गर्नसक्छ । उनी अगाडि भन्छिन्, “ब्राजिल, अमेरिका, बेलायत र कैयौं अन्य देशमा बढी मात्रामा मानिसले नियमित रूपमा शार्कको मासु खानाले कोकिन पहिलेदेखि नै उनीहरूको आहार शृंखलामा प्रवेश गरिसकेको छ ।”

त्यहाँको बजारमा यो माछा, डगफिस, चिप्स र केही अन्य नामबाट बेचिने गरेको छ । शार्कको पंखको सुप कैयौं देशमा काफी राम्रो मानिने गरेको छ । तर, शार्कको मासुको रूपमा मानिसको शरीरमा प्रवेश गरिसकेको ड्रग्स मानिसका लागि कति हानिकारक हुनसक्छ भन्ने प्रष्ट भइसकेको छैन ।
 
यसबारेमा डेविस यस खालको भोजन मानिसको शरीरमा पुगेपछि हुने असरको सीमा तय भइनसकेको बताउँछन् । त्यसैले अहिले यसले मानिसको शरीरमा कस्तो असर गर्छ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ । किनकी शार्क र अन्य माछा आफ्नो छाला र गलाबाट आफ्नो शरीरको भित्र पानी लिएर जान्छन् । यसले गर्दा पानीमा घुलेको कोकिन यीनको शरीरको भित्र जान्छ । 

डेविस यो सम्भावनालाई समुद्री पानीमा घुलेको कोकिनले त्यो पानीमा तैरिने मानिसलाई प्रभावित गर्नसक्ने कुरालाई इन्कार गर्छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro