site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीवाईडीले अत्याधुनिक सर्भिस सेन्टरको नेटवर्क विस्तार गर्दै, ‘वन स्टप सोलुसन’का रुपमा सबै सेवा मिल्ने

काठमाडौं । विद्युतीय सवारी (ईभी)का क्षेत्रमा विश्वकै प्रमुख ब्रान्डमध्येको बीवाईडीले नेपालमा समेत आफ्ना सेवाहरुलाई विशेषरुपमा विस्तार गरेको छ । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै बीवाईडीले देशभर दशवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंकले सर्भिस सेन्टरबाट आफ्ना ग्राहकहरुलाई ‘सुपेरियर र सिन्सियर’ सेवा दिन प्रतिवद्ध रहेको बताएको छ ।

कम्पनीले आउँदो तीन महिनाभित्र इटहरी, पोखरा, स्वोयम्भु, भक्तपुर र बनेपामा गरी थप पाँच सर्भिस सेन्टर सञ्चालनमा ल्याउने बताएको छ । यससँगै देशभर बीवाईडीका सर्भिस सेन्टरको संख्या पन्ध्र पुग्ने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत साता मात्रै काठमाडौं र ललितपुरमा एकै दिन दुईवटा सर्भिस सेन्टर बीवाईडीले सञ्चालनमा ल्याएको छ । 

यी सर्भिस सेन्टरलाई परम्परागतभन्दा फरकरुपमा आर्कषक र सबै सेवा एकै ठाउँबाट दिने ‘वन स्टप सोलुसन’का रुपमा कम्पनीले विस्तार गरिरहेको साइमेक्सका सीईओ साहिल श्रेष्ठले बताएका छन् ।

उनले भनेका छन्,“हामीले यी सर्भिस सेन्टरलाई गुणस्तरीय र विशेष बनाउन वन स्टप सोलुसनका रुपमा विकास गरिरहेका छौं । यसअघि हामीले एक महिनामा ५० वटा गाडी सेन्टरबाटै डेलिभर गरेका छौं ।”

byd-5-1721983067.jpg
 

के के सेवा छन् सर्भिस सेन्टरमा

ग्राहकलाई सुरक्षित र सम्पूर्ण सेवा दिन कम्पनीले आफ्नो सेवा क्षेत्रका सबै कर्मचारीहरुलाई बीवाईडीको मुख्यालयबाट प्रमाणपत्रसहितको तालिम प्रदान गरिएको साइमेक्सले बताएको छ । गहकको पूर्ण सुरक्षाका लागि सर्भिस प्रदान गर्ने कर्मचारीलाई निरन्तर तालिम प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ग्राहकहरुलाई गुणस्तरीय सेवा दिन आफ्ना सर्भिस सेन्टरहरुलाई बीवाईडीले अत्याधुनिक बनाएको छ ।

ललितपुरको कुपन्डोलमा सञ्चालनमा आएको सर्भिस सेन्टरमा ६ वटा सर्भिस वे रहेका छन् । जसमध्ये चारवटा विशेष ईभी उपकरणसहितका छन् भने, दुई वटा आपतकालिन अवस्थामा प्रयोग गर्न सकिनेछन् ।

यस्तै काठमाडौंको गौरीघाटमा पहिलेदेखि नै सञ्चालनमा रहेको सर्भिस सेन्टरलाई कम्पनीले थप परस्कृत गर्दै अत्याधुनिक बनाएको छ ।

दर्जनौं कर्मचारीहरुबाट सर्भिसिङसँगै, वासिङ वे, स्पेयर पार्ट्सका लागि डेडिकेटेड वायर हाउसदेखि खरिद परामर्शसेवा समेत कम्पनीले सर्भिस सेन्टरबाटै उपलब्ध गराउने भएको छ ।

ग्राहकलाई आपतकालिन सेवा जतिसुकै बेला उपलब्ध गराउन बीवाईडीले ‘रोड साइड असिस्टेन्स (आरएसएस)’ सवारी तथा सर्भिसका लागि हटलाइन सञ्चालनमा ल्याएको छ । यसका लागि ९८०२३३११७७ मा सम्पर्क गरेर जतिबेला पनि सेवा लिनसकिने बीवाईडीले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै बिक्री हुने ईभी ब्रान्डमध्येको बीवाईडीले बिक्रीलाई मात्रै नभएर बिक्रीपछिको सेवालाई झनै प्राथमिकतामा राखेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्