site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१९ महिनामा प्रचण्डले कार्यकर्तालाई बाँडे ८ करोड बढी रकम 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पटक प्रधानमन्त्री हुँदा आर्थिक सहायताका नाममा ८ करोड ३१ लाख ६० हजार ९८२ रुपैयाँ बाँडेको पाइएको छ ।
 
प्रचण्ड पछिल्लो पटक २०७९ पुस १० गतेदेखि २०८१ असार ३१ गतेसम्म करिव १९ महिना प्रधानमन्त्री भए । उक्त अवधिमा आर्थिक सहायता पाउने अधिकांश तत्कालीन सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता/कार्यकर्ता छन् । 

यो रकम आर्थिक सहायताका नाममा गृह मन्त्रालयमार्फत् वितरण गरिएको रकम हो । तेस्रो पटक प्रधानमन्त्री हुँदाको १९ महिनाको अवधिमा प्रचण्डले प्रत्येक महिना औसतमा ४३ लाख ७६ हजार ८९३ रुपैयाँ वितरण गरेको देखिन्छ ।

अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा मात्र प्रचण्ड नेतृत्वको सरकारले आर्थिक सहायताका नाममा ३ करोड ७५ लाख ५० हजार ३१२ रुपैयाँ वितरण गरेको थियो ।

Dabur Nepal
NIC Asia

प्रचण्डले सबैभन्दा बढी रकम असार महिनामा अर्थात् आर्थिक वर्षको अन्तिम महिनामा आर्थिक सहायताको नाममा राज्यकोषबाट वितरण गरेको देखिन्छ । 

अर्थबाट प्राप्त विवरण अनुसार, प्रचण्ड नेतृत्वको सरकारले २०८० असार महिनामा २ करोड ४० लाख ४९ हजार ९८२ रुपैयाँ र २०८१ को असार महिनामा १ करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको थियो ।

उक्त दुई महिनामा मात्र प्रचण्डले आर्थिक सहायता शीर्षकमा ३ करोड ६४ लाख ४ हजार ३५९ रुपैयाँ वितरण गरेका थिए ।

प्रचण्डले आफ्नो पछिल्लो १९ महिने कार्यकालमा जति रकम वितरण गरेका थिए त्यसको ४३.७७ प्रतिशत रकम मात्र दुई महिनामा वितरण गरेको देखिन्छ ।  प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक देशको प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएकै महिना उनले ८८ लाख ७२ हजार ५२४ रुपैयाँ रकम बाँडेका थिए ।

अर्थ मन्त्रालयको विवरण अनुसार, २०७९ माघमा २४ लाख रुपैयाँ, फागुनमा ६४ लाख ८८ हजार १६४ रुपैयाँ र चैतमा ३ लाख रुपैयाँ वितरण गरेका थिए ।

आर्थिक सहायता शीर्षकमा उनले २०८० जेठमा ३५ लाख रुपैयाँ र असारमा २ करोड ४० लाख ४९ हजार ९८२ रुपैयाँ वितरण गरेका थिए । उनले २०८० को साउनदेखि मंसिरसम्म आर्थिक सहायताका नाममा १ करोड ९ लाख ९५ हजार ९३५ रुपैयाँ बाँडेको देखिन्छ ।
 
यस्तै, २०८० पुसमा १ करोड १७ लाख रुपैयाँ, चैतमा १० लाख रुपैयाँ र २०८१ असार महिनामा १ करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ आर्थिक सहायता अन्तर्गत प्रचण्ड नेतृत्वको सरकारले बाँडेको थियो ।

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७३ मा राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचारका लागि आर्थिक सहायता उपलब्ध गर्ने व्यवस्था गरिएको छ ।  

मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी, कलेजो, अप्लाष्टिक एनिमिया, थालिसिमिया, मश्तिष्क आघात, सिकलसेल एनिमिया जस्ता कडा रोगको उपचारको लागि आपूmले खर्च व्यहोर्न नसक्ने अवस्थमा सरकारले तोकेअनुसार आर्थिक सहायता उपलब्ध गर्ने कार्यविधिमा जनाइएको छ ।

कार्यविधिमा स्पष्ट शब्दमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र पूर्व प्रधान न्यायाधीशका लागि बढीमा पन्ध्र लाख रुपैयाँ नबढ्ने गरी औषधोपचार खर्च उपलब्ध गर्ने उल्लेख छ ।
 
यस्तै, पूर्व उपसभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्व राज्यमन्त्री, पूर्व सहायक मन्त्री, पूर्व सांसद, पूर्व संवैधानिक निकायका पदाधिकारीका लागि बढीमा १० लाख रुपैयाँ उपलब्ध गरिने व्यवस्था छ । 

शिक्षा, कला, साहित्य, संगीत, राजनीति, सार्वजनिक प्रशासन, कानून वा न्याय, सुरक्षा, सञ्चार, खेलकुद लगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिका लागि बढीमा ७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गर्ने कार्यविधिमा उल्लेख छ । 

सरकारले भने कार्यविधिविपरीत औषधी उपचारका लागि भन्दै ठूलो रकम आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
 
अर्थ मन्त्रालय र गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०८०/८१ सम्मको १८ अवधिमा आर्थिक सहायता शीर्षकमा कुल ४ अर्ब ७२ करोड १६ लाख २० हजार ९८६ रुपैयाँ वितरण गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu