विदेश
लेबनान । मध्यपूर्वमा तनाव बढ्दै गइरहेको बेलामा लेबनानस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई हवाई टिकट उपलब्ध भएसम्म जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ ।
यसैखालको चेतावनी यसअघि बेलायती विदेशमन्त्री डेविड लैमीले पनि जारी गरेका थिए ।
गएको बुधबार इरानमा हमासका नेता इस्माइल हानियाको हत्या र इजरायलद्वारा सोही दिन हिजबुल्लाहका कमाण्डरको हत्या भएपछि मध्यपूर्वमा युृद्धको त्रास बढ्दै गएको हो । बीबीसी
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ ०८:५४
प्रतिक्रिया दिनुहोस्