site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन : योगेश भट्टराई
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र आफूहरू सबै राजनीतिक दललाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने विषयलाई अघि बढाउने सोच सत्ता गठबन्धनले लिएको उनले उल्लेख गरे । संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उनले बताए ।

KFC Island Ad
NIC Asia

उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञलाई आग्रह गरे । दुई ठूला दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको उनले जिकिर गरे ।

सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा योगेश भट्टराईको भनाइ पढ्नोस्–
अहिले देशका ठूलो पार्टीहरू एउटै सरकारमा बसिरहेका छौँ । पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौँ । नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔँ । पटक–पटक प्रयोगशालाहरू हुँदै आए । अब फेरि अर्को प्रयोगशाला नबनाऔँ देशलाई । यी दुईवटा पार्टी एकार्काका प्रतिस्पर्धी पनि हुन् । र, यी दुईवटा पार्टी इतिहासका निर्माता पनि हुन् । इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरू पनि हुन् । चाहे त्यो शान्ति प्रक्रियामा होस, चाहे त्यो संविधान निर्माणको बेलामा होस् । चाहे अरू अन्य बेलामा होस् । लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा होस् । यस्ता ऐतिहासिक क्षणहरूमा हामी एक ठाउँमा आएका छौँ । र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौँ । फेरि एकपटक यी दुईवटा पार्टीले यसमा पहल लिएका छन् । मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ । अर्थतन्त्रलाई लयमा फर्काउनु छ । राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ । विदेशी मित्रहरूको विश्वास जितेर देशभित्र लगानीको वातावरण बनाउनु छ । आजको विश्व एउटा शक्ति राष्ट्रहरूको तानातानमा हामी देखिरहेका छौँ । चाहे युक्रेनमा होस्, चाहे इजरायलको गाँजा क्षेत्रमा । मध्यपूर्वमा होस् । अनि, अरू अन्य ठाउँमा होस् । त्यसका बाछिटाहरू नेपालजस्ता सानो देशले भोग्नु नपरोस् । सबै विश्वका मुलुकहरूसँग हामी एउटा राम्रो सम्बन्धमा साथ उहाँहरूको सहानुभूति र सहयोग नेपालमा प्राप्त गर्न सक्ने ढंगले हामी जाऔँ । दुइटा छिमेकी मुलुकहरू उत्तर र दक्षिणतिर चीन र भारत छन् । उहाँहरूको समृद्धिबाट नेपाललाई कसरी फाइदा लिन सकिन्छ ? उहाँहरूका तनावबाट नेपाल कसरी मुक्त हुन्छ ? उहाँहरूको समृद्धिबाट हामीले कसरी फाइदा लिन्छौँ ? यिनै विषयलाई सहज ढंगले अघि बढाउन नै यी दुईवटा पार्टी एक ठाउँमा आउनुपरेको हो । ऐतिहासिकता हो । संविधानमा केही कुराहरूलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ । यसको निम्ति नेपाली कांग्रेस र एमालेले अग्रसरता लिए पनि संसद्मा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ । विद्वान्हरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौँ । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने नै छ । यिनै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौँ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro