site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई विद्यासुन्दरको चेतावनी– नगर प्रहरीको बलमा गुन्डागर्दी सह्य हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् । शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै उनले धरहरा भत्काइदिने भन्ने आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने उल्लेख गरे । अरूलाई गाली गरेर जस लिने तर काम केही नगर्ने प्रवृत्ति हुन नहुनेमा उनले जोड दिए ।

“धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने,” उनले भने, “गाली गरेर जस सबै आफूले लिने, अपजस सबै अरूलाई दिने गर्छन् ।”

उनले आफू काठमाडौंको मेयर हुँदा महानगरले विभिन्न राम्रा काम गरेको बताए । आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले नवौँ स्थानमा राखेको उनले बताए । अहिले हैसियतअनुसार काम नहुँदा १७औँ स्थानमा पुगेको उनले जिकिर गरे ।

पूर्वमेयर शाक्यले स्थानीयको इच्छाविपरीत महानगरले काम गरिरहेको बताए । न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको उनले आरोप लगाए । उनले नगर प्रहरीको बलमा गुन्डागर्दी सह्य नहुने चेतावनी दिए ।

नगर प्रहरी अनावश्यक रूपमा थपिएको भन्दै उनले आवश्यकता नरहेको जिकिर गरे । भत्काउने काममा मात्र महानगर लागेको उनको भनाइ थियो ।

उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । सत्तामा भएकाहरू आफू रमाउनका निम्ति नभई भविष्यको पुस्ताको खुसीका लागि लाग्नुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro