site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्यभन्दा बढीलाई पोलियोविरुद्धको खोप

काठमाडौं । काठमाडौं उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दुई लाख ९७ हजार ९२५ बालबालिकालाई खोप लगाएको जानकारी दिए । उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए ।

उपत्यकामा दुई लाख ७९ हजार ६८१ बालबालिकालाई पोलियो रोगविरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उनका अनुसार काठमाडौं जिल्लामा दुई लाख तीन हजार ८९८ जना, ललितपुरमा ५२ हजार २३२ र भक्तपुरमा ४१ हजार ७९५ जनालाई पोलियो रोगविरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपीभी’ खोप खुवाइएको थियो ।

मन्त्रालयले टुकुचा खोला र वाग्मती नदीको संगमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।

पोलियो रोग पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro