site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गोर्खा ब्रुअरीमा कार्ल्सबर्गको सेयर स्वामित्व ९९.९४ प्रतिशत पुग्ने, थपिने भयो ९.९४ प्रतिशत

काठमाडौं । कार्ल्सबर्गले आफ्नो साझेदार सीएसएपीएल (सिंगापुर) होल्डिङ्स प्रालिबाट कार्ल्सबर्ग साउथ एसिया प्रालि (सीएसएपीएल) मा बाँकी रहेको ३३.३३ प्रतिशत सेयर किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यो सम्झौतासँगै कार्ल्सबर्ग साउथ एसिया पीटीई  लिमिटेडमार्फत गोरखा ब्रुअरी प्रालिमा हालको ९० प्रतिशत सेयर स्वामित्व र अब थप हुने ९.९४ प्रतिशत खरिद गर्ने भएको छ । कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड इन्डिया प्रा.लि.मा १०० प्रतिशत र नेपालमा रहेको गोर्खा ब्रुअरीमा हाल ९० प्रतिशत सेयर लगानी गरेको होल्डिङ कम्पनी हो ।

हाल भएको सेयरमा गोर्खा ब्रुअरीमा ९.९४ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । प्रस्तावित कारोबारको सम्झौता समाप्तिपश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण व्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।

“सेयर स्वामित्वमार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ । प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ । यो सम्झौतापत्रको अधिनमा रही समायोजन हुन सक्नेछ” विज्ञप्तिमा उल्लेख छ ।

कारोबारको ७४४ मिलियन अमेरिकी डलरमध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहने पनि बताइएको छ । जुन रकम खरिद बिक्री सम्झौता (एसपीए) को अधीनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी तीनदेखि पाँच वर्षभित्र हस्तान्तरण गरिसक्ने सम्झौता भएको बताइएको छ ।

प्रस्तावित कारोबारहरू सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । प्रस्तावित कारोबार हुनका लागि दुई पक्षबीच केही विशेष सर्तहरू पूरा हुनुपर्ने गरी सम्झौता भएको छ । यो सम्झौतासम्बन्धी सर्तहरू पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरू पनि यसमा समावेश छन् ।

प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमति दिइसकेको हुनाले कुनै पनि अन्य नियामक 'एन्टीट्रस्ट अथोरिटी' को आधार यस कारोबारमा समावेश नहुने बताइएको छ । कार्ल्सबर्ग समूहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाकोब आरुप एन्डरसनले भनेका छन्, "हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्त्वपूर्ण एसियाली व्यवसायहरूमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुस्ी छौँ । भारतमा व्यापार विस्तार गर्नु हाम्रो कम्पनीको ’एसीलेटेड एसएआएल स्टाटेजी’ को प्रमुख प्राथमिकता हो । हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरू हासिल गर्न लगानीलाई तीब्र रुपमा बढाउनेछौँ ।"

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro