site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरु भयो किताब जात्राको छैटौँ संस्करण

काठमाडौं । किताब जात्राको छैँटौँ संस्करण आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

आर्मी अफिर्सस क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरूबारे छलफल हुने आयोजकले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरू अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग  सिर्जनामा सामाजिक चेतना : हिजो र आज नामको छलफल हुँदै छ ।

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदीप भट्टराई र ऋचा शर्मासँग सिनेमा मन्थन : नेपाली सिनेमाको सपना शीर्षकमा छलफल हुने आयोजकको भनाइ छ ।

विप्लप प्रतीकको साथमा कविता साँझको पनि आयोजना हुँदै छ । त्यस्तै, ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरूले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् ।

महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स शीर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिति, मूलधारबाट सधैँ उपेक्षामा कला, हाँस्य विधा : शक्ति र चुनौती, सञ्चारका सारथीलगायतका विषयमा छलफल हुनेछ ।

दर्जन बढी कितावका स्टलसँगै कलाका अन्य स्टलहरूले महोत्सवलाई आकर्षक बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्