site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । 

आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बुधबारको बैठकले केन्द्रीय सदस्यको नाम छान्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यादल गठन गरेको थियो । 

आजको बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याउने तयारीका लागि बैठक सारिएको हो । “सकेसम्म आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता पाउनेछ,” नेता सोमप्रसाद पाण्डेले भने, “बैठक ३ बजेका लागि सारेर छलफल भइरहेको छ ।”

एकीकृत समाजवादीको महाधिवेशनले २९९ कमिटीमध्ये ९३ सदस्यमात्र सर्वसम्मत छानेको थियो । बाँकी २०६ जना टुंगो लगाउन लागिएको हो । 

एकीकृत समाजवादीले १५ प्रतिशत मनोनय गर्ने तयारी समेत रहेको छ । त्यसो हुुदाँ केन्द्रीय सदस्य ३४४ सदस्यीय हुनेछ । मनोनीत भने अहिले गर्ने कि नगर्ने भन्ने टुंगो लागिनसकेको पाण्डेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro