site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजी मोटर्सले नेपालमै पहिलोपटक ईभी ब्याट्री सीएटीएलको सर्भिस सेन्टर र ल्याब खोल्दै

काठमाडौं । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोर्टसले नेपालमा विद्युतीय सवारी (ईभी) ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने भएको छ । सीजीले विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको सर्भिस सेन्टर र ब्याट्री ल्याब स्थापना गर्ने भएको हो ।

नेपालमा ईभीको बजार बढ्दै गएका बेला ग्राहकलाई सेवा दिन कम्पनीले सुविधा सम्पन्न ब्याट्री सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको बताएको छ ।

Dabur Nepal
NIC Asia

यस कदमले ब्याट्रीलाई लिएर उत्पन्न आशंका मेट्दै ग्राहकलाई थप विश्वस्त पार्ने कम्पनीको विश्वास छ । ईभी ब्याट्री सर्भिस सेन्टर यसै वर्ष सन् २०२४ सेप्टेम्बरबाट सुरु हुने सीजीले जनाएको छ ।

सीएटीएलको प्राविधिक ट्रैनिङ लिएका दक्ष जनशक्तीमार्फत छुट्टै सर्भिस हबबाट दुवै सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

ब्याट्री सर्भिसमा उत्कृष्ट प्राविधिकले सर्भिस सेन्टरबाट सेवा दिने सीजीको भनाइ छ ।

ईभीको बजारमा ३७ प्रतिशत हिस्सा ओगटेको सीएटीएल ब्याट्रीले नेपालमा दुई तिहाइ बजार हिस्सा रहेको दाबी गरेको छ ।

सीजी मोटर्सले उक्त सेन्टरबाट सीएटीएलको ब्याट्री जडित सबै ब्रान्डका ग्राहकलाई सेवा दिने बताएको छ ।

छोटो समयमै सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकले सेवा लिन सक्ने भएसँगै नेपालमा सीएटीएल ब्याट्री अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro