site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमास नेताको अन्त्येष्टि प्रक्रियामा हजारौँ सहभागी

तेहरान । इरानमा मारिएका हमासका नेता इस्माइल हानियाको अन्येष्टि प्रक्रियामा बिहीबार हजारौँ मानिस सहभागी भएका छन् । बुधबार बिहान तेहरानमा उनको हत्या गरिएको थियो ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनेईले उक्त प्रक्रियाको नेतृत्व गरेका छन् । उनको शव शुक्रबार कतारमा आवश्यक प्रक्रियाअनुसार पुरिनेछ ।

अमेरिकी मिडियाले इरानी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सर्वोच्च नेताले हानियाको हत्यालाई लिएर इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्न निर्देशन दिएको जनाएका छन् ।

इरानले आफ्नो भूमिमा गरिएको यो हत्यालाई आपत्तिजनक मानेको छ । इजरायलले भने हत्याका बारेमा कुनै टिप्पणी गरेको छैन । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro