site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको महाराष्ट्रमा नेपाली बालिका बलात्कृत
फाइल तस्बिर : रोयटर्स ।

महाराष्ट्र । भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् ।

ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको हो । प्रहरीका अनुसार, ती बालिका परिवारका साथमा केही काम गरेर गुजारा चलाउन नेपालबाट त्यहाँ पुगेकी थिइन् । उक्त परिवार बादलपुर इस्टको कन्स्ट्रक्सन साइटको एउटा कोठामा बस्दै आएको थियो ।

गएको जुनमा एक मानिस ती बालिका कोठामा एक्लै भएको अवस्थामा भित्र गएर बलात्कार गरेको एआईआरलाई उद्धृत गर्दै अधिकारीहरूले बताएका छन् । त्यो मानिसले घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको बताइएको छ । आफूमाथि अर्को आक्रमण नहोस् भनेर ती बालिका मौन बसेको जनाइएको छ ।

जुलाई १९ मा उनलाई अस्पतालमा भर्ना गरिएपछि गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाकी आमा स्थानीय बादलपुर प्रहरी स्टेसनमा गएकी थिइन् । त्यहाँ भारतीय पेनल कोड र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेज कानुनअन्तर्गत बलात्कार मुद्दा दर्ता गरिएको थियो । घटनाबारे छानबिन भइरहेको जनाइएको छ । पीटीआईबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro