site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेक्सासमा नेपालीको हत्याराको खोजी जारी, ‘गो फन्ड’मार्फत जुटाइँदै सहयोग 
Tiktok banner adTiktok banner ad

टेक्सास । अमेरिकामा ३० वर्षीय नेपाली दीपक ओलीको हत्यामा संलग्नका बारेमा प्रहरीले अझै केही सार्वजनिक गरेको छैन । टेक्सासको म्याकलेनान काउन्टीमा गएको आइतबार बिहान एक स्टोरमा गोली हानी उनको हत्या गरिएको थियो ।

उक्त हत्याकाण्डका विषयमा म्याकलेनन काउन्टी सेरिफ कार्यालयको आपराधिक अनुसन्धान डिभिजनले अनुसन्धान गरिरहेको जनाइएको छ । दुई व्यक्ति आएर एक्कासि दीपकमाथि गोली हानिएको यसअघि सीसीटीभी फुटेजलाई उद्धृत गर्दै जनाइएको थियो ।

स्थानीय सेरिफ कार्यालयका अधिकारी पार्नेल म्यानामाराले उक्त अविवेकी हिंसाले आफूहरू चिन्तित भएको र कठिन समयमा पीडितका परिवारप्रति प्रार्थना रहेको जनाएका छन् । उनले अनुसन्धानका निम्ति आफूले सबै उपलब्ध साधनको प्रयोग गरेको र अपराधीलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध भएको जनाएका छन् ।

रुकुमको बाँफिकोट गाउँपालिकाका दीपकको हत्यापछि उनको परिवारको सहयोगका निम्ति ‘गो फन्ड’मार्फत रकम संकलन थालिएको छ । गो फन्डको संकलनको संयोजन लिबर्टी हिल टेक्सासका मोहन कुसारीले गरेका छन् ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म त्यसमा ९६४ जनाले रकम सहयोग गरेका र ३५ हजार ६२९ डलर जम्मा भएको जनाइएको छ । उक्त रकम ६५ हजार डलर पुर्‍याउने लक्ष्य छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro