site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीलाई स्टन्ट देखाउन जरुरी छैन, परिवर्तन गरेर देखाउँछौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न आवश्यक नरहेको बताएकी छन् ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले सरकारमा दुई पुराना दल रहेको र आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन् ।

उनले अहिले सरकारमा रहेका मन्त्रीहरूलाई र राजनीतिक दललाई 'हामी नै राम्रो हौँ' भनेर प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन् । उनले अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताइन् ।

"हामीले काम गर्न सक्छौँ । हामीले देशका लागि केही गर्न सक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामीभन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन," उनले भनिन् ।

उनले दुई अनुभवी व्यक्ति केपी शर्मा ओली र शेरबहादुर देउवाले देशलाई गन्तव्यमा पुर्‍याउने दाबी पनि गरिन् ।

"अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ । हुन त म त्यति होइन, अरूअरू हुनुहुन्छ । इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेस्टमेन्टहरू यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ । अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो । हामीलाई भोलि जाला कि पर्सी जाला कि भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भए पनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ," उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro