site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका प्रदर्शनकारीविरुद्ध ‘अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता
फाइल तस्बिर ।

ब्रसेल्स, बेल्जियम । कम्तीमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मंगलबार बंगलादेशमा प्रदर्शनकारीहरूविरुद्ध ‘अत्यधिक बल’ प्रयोगको निन्दा गरेका छन् ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । प्रहरी र अस्पतालको तथ्यांकअनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो । 

Dabur Nepal
NIC Asia

बोरेलले बंगलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् । 

“कानुन प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्यविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ,” उनले एक विज्ञप्तिमार्फत भनेका छन्, “हामी यस संकटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बंगलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानवअधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो । तर, उनको सरकारले व्यापक विरोधविरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro