site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिरो र इभल्भ सोरुम एक्सचेञ्ज साउन १८ गतेसम्म चल्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । यो अफर गत साउन १३ गते आइतबारबाट सुरु भएको हो ।

यो एक्सचेञ्ज मेला साउन १८ गतेसम्म बनेपा, दुलेगौंडा, गौशला, धनुषाधाम, महेन्द्रनगर इष्ट, सुरुंगाा, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरमा चल्ने कम्पनीले बताएको छ ।

यो मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा आठ हजार बढी पाउने कम्पनीको भनाइ छ ।

यसका साथै एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि मिल्ने सीजी मोटर्सले जनाएको छ ।

एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुमका दुई पांग्रे सवारी लिन सक्नेछन् ।

सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालनमा ल्याएको छ । थप सोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले देशभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro