site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पदको मतगणनामा धाँधली भएको भन्दै भेनेजुएलाका विपक्षी सडकमा 
Tiktok banner adTiktok banner ad

काराकास । भेनेजुएलामा गएको आइतबार भएको राष्ट्रपतिय निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरू सडकमा उत्रिएका छन् । प्रहरीले उनीहरूमाथि टियर ग्यास र रबरका गोली प्रहार गरेको छ ।

सोमबार साँझ हजारौँ मानिस मध्य काराकासको सडकमा निस्केका थिए । आइतबार भएको निर्वाचनमा विभिन्न पोलहरूमा आएको नतिजा विपरीत राष्ट्रपति निकोलस मादुरोले आफूलाई तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । उनी २०१३ देखि लगातार त्यहाँको राष्ट्रपति छन् ।

विपक्षीहरूले राष्ट्रपतिका उमेदवार तथा पूर्वकुटनीतिज्ञ इडमुन्डो गोन्जालेजले ७३ दशमलब २ प्रतिशत मत ल्याएर विजय भए पनि मादुरोले धाँधली गरेको आरोप लगाएका छन् ।

मादुरोले भने मतपरिणामको विरोध गरेर विपक्षीले ‘कू’ गर्ने प्रयास गरेको आरोप लगाएका छन् । 

उता, मादुरोको कटु आलोचक रहेको अमेरिकाका सिनियर एडमिनिस्ट्रेसन अधिकारीले विभिन्न स्रोतबाट पाइएका तथ्यांकसँग प्राप्त पछिल्लो नतिजा नमिलेको जनाएका छन् । 

यसमा आफूहरूको गम्भीर चासो रहेको समेत उनले बताएका छन् । उनले भेनेजुएलाका अधिकारीलाई नतिजा पुष्टि गर्ने तथ्यांक सार्वजनिक गर्न आग्रह गरेका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro