site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानले फिर्ता लिए नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । 

संसदीय सुनुवाइ समिति सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार नाम फिर्ता लिएको निवेदन सोमबार प्रधानले सचिवालयमा दर्ता गराएका छन् । 

“उहाँले निवेदन दर्ता गराउनुभएको छ । समितिमा निवेदन दर्ता भइसक्यो,” ती सदस्यले भने । 

उनलाई आयुक्त सिफारिस गर्ने नगर्ने निर्णय गर्न सोमबार बिहान ११ः३० का लागि समिति बैठक बोलाइएको थियो । तर, बैठक नबसी साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । उनी आफैँले नाम फिर्ता लिउन् भनेरै समिति बैठक सारिएको ती सदस्यले जानकारी दिए । 

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक–पटक यौनशोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो । ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

सुनुवाइको क्रममा सांसदहरूले प्रधानलाई उच्च नैतिकता प्रस्तुत गर्न अनुरोध गरेका थिए ।

nibedan-1722243494.png
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro