site stats
बाह्रखरी :: Baahrakhari
कला
वर्षा भन्छिन्– नदी संरक्षणमा राज्यले दायित्वबोध गर्नुपर्‍यो 

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यले दायित्वबोध गर्नुपर्ने बताएकी छन् । नदीको सफाइमा राज्यले उचित पहल नगर्दा र गम्भीर नहुँदा नदी ढलमा परिणत भएको उनको भनाइ छ । वाग्मती नदीमा र्‍याफ्टिङको शुभारम्भ  कार्यक्रममा उनले ढलमा परिणत भएका नदीका कारण सहरले सौन्दर्यता नै गुमाएको बताइन् । 

नायका अमरप्रताप श्रेष्ठले काठमाडौंमा नै र्‍याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकका लागि पनि आकर्षण हुनसक्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली कथानक चलचित्र ‘मोदीबेनी’का कलाकार वर्षा र अमर प्रतापले वाग्मती नदीमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन् । 

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र वाग्मती सफाइ महाअभियानको सहकार्यमा वाग्मती नदी महोत्सव महाजल जात्राअन्तर्गत शनिबार र्‍याफ्टिङको शुभारम्भ भएको हो ।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए । 

साउन १८ गते रिलिज हुने चलचित्रलाई शंकर कोइरालाले निर्देशन गरेका छन् । चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायतको अभिनय छ । 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्