site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखा पहिरो अपडेट : अझै भेटिएनन् पाँचजना

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरामा बेपत्ता भएका पाँचजना अझै भेटिएका छैनन् । उनीहरू गए राति गएको भीषण पहिरोमा बेपत्ता भएका थिए ।

खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

Argakhachi Cement Island Ad

‘‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ,’’ उनले भने, ‘‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’’

पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डीएसपी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । रासस

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्