site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०८४ मा एक्लै चुनाव लड्छौँ : प्रचण्ड
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए ।

“पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,” उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको सुनाए । “हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro