site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस ओलम्पिक–२०२४ : ब्याड्मिन्टनका प्रिन्स पहिलो खेलमा पराजित 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को पहिलो खेलमा नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् । शनिबार राति भएको खेलमा प्रिन्स डेनमार्कका भिक्टर एक्सल्सेनसँग २–० को सेटमा पराजित भएका हुन् । 

प्रिन्सले दुवै सेटमा विश्व वरीयताको दोस्रो स्थानका एक्सल्सेनविरुद्ध बलियो चुनौती प्रस्तुत गर्न सकेनन् । प्रिन्सले पहिलो सेट ८–२१ ले गुमाएका थिए । दोस्रो सेटमा पनि प्रिन्सले ६–२१ को हार बेहोरेका हुन् । 

प्रिन्सले अब सोमबार आयरल्यान्डका नाट गुयेनसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्स ब्याड्मिन्टनतर्फ ओलम्पिक खेल्ने नेपालका पहिलो खेलाडी हुन् । 

प्रिन्सअघि नेपालको तर्फबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । स्यान्टु पहिलो खेलमै सेनेगलका इब्राहिम डिअवसँग पराजित भएपछि ओलम्पिकबाट बाहिरिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro