site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीलाई उत्तरका भनिएपछि...

पेरिस । शुक्रबारदेखि फ्रान्समा सुरु भएको ओलम्पिक खेलको उद्घाटन समारोहमा दक्षिण कोरियाका खेलाडीलाई उत्तर कोरियाका खेलाडीका रुपमा परिचय गराइएपछि आयोजक फ्रान्सदेखि ओलम्पिक कमिटीसम्मले माफी माग्नु परेको छ ।

उद्घाटन समारोहमा दक्षिण कोरियाका खेलाडीलाई ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया’का खेलाडी भनेर परिचय गराइएको थियो । जबकि त्यो नाम उत्तर कोरियाको औपचारिक नाम हो । 

यद्यपि उत्तर कोरियाका खेलाडीलाई पनि सोही नामले नै चिनाइएको थियो ।  दुवै कोरिया दोस्रो विश्वयुद्धपछि विभाजित भएका हुन् । दुई बीच पछिल्ला समयमा पनि तनाव उत्पन्न भइरहेको छ ।

दक्षिण कोरियाको खेलकुद मन्त्रालयले आफूले यस विषयमा फ्रान्सको सरकारी तहमा नै कडा आपत्ती जनाउने योजना बनाएको जनाएको छ ।  यस्तै दक्षिण कोरियाका सेकेण्ड भाइस स्पोर्टस मिनिस्टरले ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँग बैठकको लागि समय मागेका छन् ।

इन्टरनेसनल ओलम्पिक कमिटीले एक्स मार्फत दक्षिण कोरियाका खेलाडीलाई चिनाउन भएको त्रुटिप्रति क्षमायाचना गरेको छ । दक्षिण कोरियालाई औपचारिक रुपमा ‘रिपब्लिक अफ कोरिया’ मात्रै भनिन्छ ।

दक्षिण कोरियाबाट ओलम्पिकमा १४३ खेलाडी सामेल छन् भने उत्तर कोरियाका १६ खेलाडी सामेल छन् । उत्तरले सन् २०१६ पछि पहिलो पटक यसपालि ओलम्पिकमा सहभागिता जनाएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro