site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्नेमा जोड

काठमाडौं । विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तन र यसको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा उपयुक्त विकल्प भएको विज्ञले बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन)को सातौँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमा विज्ञले यस्तो धारणा व्यक्त गरेका हुन् ।

देशको ऊर्जा प्रणालीलाई दिगो र सुरक्षित बनाउन ऊर्जा मिश्रणको आवश्यकता देखिएको उनीहरूले उल्लेख गरे । मिश्रित ऊर्जामा नवीकरणीय ऊर्जाको हालको अनुपातलाई वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दिगो ऊर्जा आपूर्तिका निम्ति राष्ट्रिय प्रसारणमा लघुजलविद्युत् आयोजनालाई जोड्न ढिलाइ गर्न नहुने उनीहरूले बताए ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, आयोगका सदस्य डा. मधुसूदन अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, प्रा. डा. जगन्नाथ श्रेष्ठ, प्रा. डा. रमेशकुमार मास्केलगायत विज्ञले नवीकरणीय ऊर्जाको महत्त्व, प्रवर्द्धन र विकासबाट लाभ लिन सरोकारवालाको साझा प्रयास आवश्यक रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro