site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दहचोक क्षेत्रमा ‘खुकुरी देखाई लुटपाट’, एकजना समातिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको दहचोक क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७  घर भई कलंकीमा बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् ।

दुईथान खुकुरी र गरगहनासहित शनिबार कलंकी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

केही व्यक्तिको समूहले चन्द्रागिरि नगरपालिका–१, दहचोक, कालुपाँडेमा खुकुरी देखाई लुटपाट भयो भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

एसपी अधिकारीका अनुसार, लुटपाट गरी तीनजनाको समूह नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै थियो । प्रहरीलाई देख्नासाथ उनीहरू भागेका थिए । एकजनालाई भने पक्राउ गर्न सफल भएको उनले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro