site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
दुर्घटनाग्रस्त विमानको भग्नावशेष । फाइल तस्बिर ।

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् ।

विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मृतक एक विदेशीको प्रक्रिया पुर्‍याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि शुक्रबार र शनिबार आफन्तले त्यो बुझेका हुन् । शुक्रबार पाँच र शनिबार १२ जनाले शव बुझेका छन् ।

यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान उड्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालक दलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएका छन् ।

दुर्घटनामा घाइते क्याप्टेन शाक्यको तत्काल उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro