site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुर । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका–३, महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

शनिबार बिहान सवा ११ बजे उनी धनुषाको खजुरीस्थित रेलको लिकछेउबाट हिँडिरहेका थिए । त्यही समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए । लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको प्रहरी नायब उपरीक्षक दयाराम पौडेलले जानकारी दिए ।

उपचारका निम्ति दासलाई तत्कालै जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu