site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकानुसार नेपालले बढी आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ र फलामजन्यपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँबराबर बाहिरिएको हो । उक्त अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्र्याइएको छ । स्मार्टफोनको आयातबापत सरकारले पाँच अर्ब ३३ करोड ९४ लाख रुपैयाँबराबर भन्सार राजस्व संकलन गरेको पनि विभागको तथ्यांकबाट देखिन्छ ।

गत आवमा एक अर्ब ४२ करोड ९० लाख ८५ हजार रुपैयाँबराबरका १७ लाख ५८ हजार ६९० सेट टेलिफोन आयात गरिएको छ ।

यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार २२९ हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । 

गत आवमा ५० करोड ७१ लाख ६३ हजार रुपैयाँबराबरका ४३ लाख ८२ हजार ८३९ वटा मोबाइल चार्जर आयात गरिएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँबराबरका दुई लाख ३९ हजार ६६९ स्मार्टवाच आयात गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro