काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्राज्ञिक सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सरकारले ढुकुटी बलियो हुने आधारमा मात्र पुँजीगत खर्च र योजना बनाउने गरेको उनले उल्लेख गरे । अर्थतन्त्रलाई सुदृढ गर्न भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनुपर्ने उनले आवश्यकता औँल्याए ।
उनले विश्वविद्यालयका विभिन्न विभागले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिन सक्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउनुपर्नेमा उनले जोड दिए ।
संस्कृतिको प्रवद्र्धन, विकास, अध्ययन, अनुसन्धान गर्न जरुरी रहेको पनि उनले बताए । न्युज एजेन्सी नेपाल