site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रोयल्टी विवादकै बीच भेडेटारमा ‘स्काई वाक’को उद्घाटन
SkywellSkywell

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाबीच रोयल्टी विवाद नसुल्झाई भेडेटारमा ‘स्काई वाक’ परियोजना उद्घाटन गरिएको छ ।

दुई पालिकाबीच कुन पालिकाले कति रोयल्टी प्राप्त गर्ने भन्ने विवाद मिलेको छैन । तर, निर्माण सम्पन्न भएको पत्रसमेत नदिइएको परियोजना कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार उद्घाटन गरेका हुन् ।

प्रदेश लगानी प्राधिरणबाट विस्तृत परियोजना तयार भई सरकारी निजी साझेदारीमा निर्माण भएको कोसी प्रदेशकै पहिलो पर्यटन पूर्वाधार हो । कोसी प्रदेश लगानी प्राधिकरणबाट स्वीकृत भई २० करोड रुपैयाँको लागतमा भेडेटारको शैलुङ डाँडामा अवस्थित तत्कालीन ‘चार्ल्स पोइन्ट’ भएकै ठाउँमा नयाँ संरचना बनाइएको हो । यसको निर्माण काठमाडौंको वन्डर्स ग्रुपअन्तर्गत वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रा.लि.ले गरेको हो ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री कार्कीले स्काई वाकले भेडेटारको चिसो मन पराउने र घुम्न जाने पर्यटकलाई नयाँ स्वाद दिलाउने बताएका छन् ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साहसकि पर्यटनका लागि कोसेढुंगा सावित हुने अपेक्षा गरिएको बताए । स्काई वाक परियोजना निर्माणमा दुवै पालिकाले समन्वय गरेको उनको दाबी छ । तर, धरान उपमहानगरले रोयल्टीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न मानेको छैन ।

उद्घाटन कार्यक्रममा धरानका मेयर हर्क साम्पाङले धरानबिना भेडेटारको स्काई वाक कल्पना गर्न नसकिने बताए । “धरानेहरू नयाँ फेसनमा चल्ने, नयाँ लुगा लगाउने अनि घुम्न मन पराउँछन् । भेडेटार आउने सबैभन्दा धेरै त धरानकै हुन्छन्,” उनले भने ।

शुभकामना मन्तव्यका क्रममा साम्पाङले सिसामा हिँड्न मिल्ने संरचनाले ‘थ्रिल’ अनुभव गराउने र साहसिक पर्यटनलाई बढावा दिने बताए । “यो परियोजनाबाट धरान र साँगुरीगढी दुवै पालिकालाई फाइदा पुग्छ,” उनको भनाइ थियो । 

परियोजना बनेको ठाउँमध्ये ९९ प्रतिशत धनुकटामा पर्छ । सुनसरीको धरान उपमहानगरको ४ नम्बर वडाको केही भाग पर्छ ।

Skywalk-Bhedetar-1721998640.jpg
 

रुम्दालीका अनुसार पहिले पनि यहाँ सञ्चालित चार्ल्स पोइन्ट अवलोकन गर्नेहरूबाट राजस्व र शुल्क साँगुरीगढीले मात्र उठाउने गरेको थियो । प्रदेशसहित तीनवटै सरकारले समन्वय गरेर नयाँ संरचना तयार भएको हो ।

“राजस्वको विषयमा एमओयू गर्दै नै खुलाइएको छ । त्यसलाई नै टेकेर लिइने हो । हामीले कानुनबमोजिम प्राप्त गर्ने हो,” उनले भने ।

कोसी प्रदेश सरकारले प्राप्त गर्ने राजस्व पहिले कुल आम्दानीको ५ प्रतिशत भनिएको थियो । तर, हिक्मत कार्की नेतृत्वको सरकारले हाल कुल मुनाफाको ५ प्रतिशत लिने भनी छलफल अघि बढेको स्रोतको भनाइ छ । नयाँ सर्त सहमतिबमोजिम भए प्रदेश सरकारले प्राप्त गर्ने राजस्व घट्नेछ । 

अध्यक्ष रुम्दाली भन्छन्, “अहिलेलाई प्रदेशले पाउने राजस्व पाइहाल्छ । स्थानीय तहले पाउने धरान र साँगुरीगढीबीच सम्झौता हुन बाँकी छ । बढी अधिकार हाम्रो छ । पहिले पनि हाम्रो एक्लौटी थियो । सबै हामीले पाउने होइन बाँडफाँट गर्ने गरी अघि बढ्छौँ ।”

गाउँपालिका तथा नगरपालिका राजस्व सुधार कार्ययोजना तर्जुमासम्बन्धी व्यवस्थाअनुरुप मनोरञ्जन करमा स्थानीय तहले उठाउने व्यवस्था छ ।

निर्माण भएको संरचनामध्ये ११ रोपनी जग्गा साँगुरीगढी गाउँपालिकाको पाथीभरा सामुदायिक वन र केही भाग स्थानीयको निजी जग्गामा समेत परेको छ । संघीय मन्त्रिपरिषद्को ०७९ असार १४ गते बसेको बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको थियो । त्यसपछि प्रदेश लगानी प्राधिकरणले निजी कम्पनीलाई लगानी गरी निर्माण अघि बढाउन स्वीकृति दिएको थियो ।

‘स्काई वाक’ले उत्तरतर्फ साँगुरीगढी गाउँपालिका र दक्षिणतर्फ धरान उपमहानगरपालिकाको जग्गा चर्चिएको छ । ०७६ फागुन २४ गते भेडेटारमा ‘जिप लाइन’ उद्घाटन गर्दै तत्कालीन मुख्यमन्त्री शेरधन राईले भेडेटारमा ‘स्काई वाक’ निर्माण हुने घोषणा गरेका थिए ।

कति लाग्छ अवलोकन शुल्क ?

चार वर्षमा निर्माण सम्पन्न भएको यो परियोजना करिब २० करोड रुपैयाँको लागतमा तयार भएको हो । परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काका अनुसार यो संरचनाले भेडेटारमा पर्यटन प्रवर्धन हुने विश्वास गरिएको छ । अहिलेलाई टिकटका लागि ५०० रुपैयाँ तोकिएको छ । बच्चाहरूलाई उचाइको आधारमा शुल्क तोकिएको छ । तीन फिटभन्दा कम उचाइ भए बालबालिका निःशुल्क प्रवेश गर्न पाउँछन् । ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई शुल्क लाग्दैन । अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था छ । समूहमा आउनेहरूलाई समेत छुटको व्यवस्था गरिएको रोक्काले सुनाए । “हामीलाई पेब्याक लिन समय लाग्छ,” रोक्काले भने ।

निर्माण कम्पनीले २५ वर्षसम्म यसलाई सञ्चालन गर्ने बताइएको छ ।

कस्तो बन्यो संरचना ?

पचास मिटर लामो स्काई वाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको हो । स्काईवाकको १०० मिटर  र चौडाइ चार मिटर छ । घुम्तीमा १० मिटर रहने स्काई वाक धरानतर्फ ३९ मिटर लामो छ ।

कम्पनीले यसअघि काठमाडौंको कमलादीको ‘स्काई वाक टावर’ र इलामको कन्यामको ‘कन्याम क्लाउड’ स्काई वाक वन्डर ग्रुपले निर्माण गरी सञ्चालनमा ल्याइसकेकेको छ । भेडेटार पर्यटकीय हिसाबले चर्चित छ । खासगरी गर्मीको मौसममा भेडेटारको चिसोमा रमाउन भारतीय र नेपालका विभिन्न ठाउँबाट पर्यटक घुम्न जाने गर्छन । सिसाको पुलमा एकै पटकमा २०० जनाले ‘स्काई वाक’ गर्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu