site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीले गभर्नरलाई भने– मौद्रिक नीतिले विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा भएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि मन्त्रालयमा गभर्नर महाप्रसाद अधिकारीले मन्त्री पौडेलसँग भेट गरेका थिए ।  

भेटमा अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे ।

"मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सहयोग पुर्‍याउने गरी लचिलो रूपमा आएको छ," अर्थमन्त्री पौडेलले भने, "मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro