अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गर्ने भएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीति २०८१/८२ मा यस्तो व्यवस्था गरिएको हो ।
चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख ।
"सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गरिनेछ । साथै, चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरवलोकन गरिनेछ," मौद्रिक नीतिको ११४ नम्बर बुँदामा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १५:०७
प्रतिक्रिया दिनुहोस्