site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल चोर्ने व्यक्ति सीसीटीभी फुटेजको सहयोगमा प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका–२ ककडी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका–५ घर भई हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यमनारायण चौधरीलाई नियन्त्रणमा लिइएको हो ।

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वेराज खड्काका अनुसार गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरिराखेको वाग्मती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी भएको भन्दै भक्तपुरका मनीषबहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु२२प ८५२० नम्बरको मोटरसाइकलसहित उनीहरू पक्राउ परेका खड्काले बताए । उनीहरूको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारसमेत बरामद भएको छ ।

चोरी गरेको वाग्मती प्रदेश ०२–०४३ प ०९९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

उनीहरूलाई थप कानुनी कारबाहीका लागि आजै प्रहरी वृत्त नयाँबानेश्वरमा बुझाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस लकलगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro