site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३२ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो ।

Dabur Nepal
NIC Asia

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ । 

सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको छ । यस्तै, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.६५ अंकले घटेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro