site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांसदहरूको एकै स्वर– क्यानले नै दुर्घटनाको छानबिन गर्दा स्वार्थ बाझियो, छुट्टै निकाय बनाऔँ
SkywellSkywell

काठमाडौं । पटकपटक विमान दुर्घटना हुन थालेपछि सुरक्षाका लागि छुट्टै निकामक निकाय बनाउन सांसदहरूले जोड दिएका छन् । विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

नागरिक उड्डयन प्रधिकरण (क्यान)ले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्ने हुँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रहने धारणा सांसदहरूले राखेका छन् । त्यसैले यो दुवै कामका लागि छुट्टाछुट्टै निकाय हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै सांसद प्रेम सुवालले नेपालमा आउने विमानहरू पुरानो भएर दुर्घटना भएको हो कि, भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“पुराना विमान बनाउने हत्यारा हुन् कि होइन ?,” सांसद सुवालले यसबारे सरकारले प्रष्ट पार्नुपर्ने तर्क राखे ।

नेपालमा विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने र पाइलटलाई दोषी देखाउने गरेको सांसद उदय शम्शेर जबराको भनाइ छ । “छानबिन समिति बन्यो प्रतिवेदन बुझायो अनि सेलायो,” उनले भने, “अन्य देशमा विमान दुर्घटना हुँदा त्यसमा छानबिन गरेर एक्सन हुन्छ तर नेपालमा भने पाइलटलाई दोषी देखाएर सेलाउँछ ।”

उनले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा नेपाल सरकार दोषी हो कि होइन भनी प्रश्न गरे ।

“आजसम्म विमान दुर्घटनामा क्यानका कुनै कर्मचारीलाई कारबाही भएको छ ?,” उनले प्रश्न गरे, “हाल क्यानले नेतृत्व भइरहँदा यस अवधिमा १०० जनाभन्दा बढी मानिस मरिसके । उसले यसको दोष लिनु पर्दैन ?”

क्यानले नै नियमन र छानबिन गर्ने हुँदा यसमा स्वार्थ बाँझिने टिप्पणी उनको छ । नेपालमा हवाई दुर्घटनामा १००÷२०० मर्नु सामान्य हो भनेर बस्ने गरेको कारण यो समस्या भएको उनको भनाइ छ ।

छानबिन हुँदासम्म हालका क्यान निर्देशक अलग बस्नुपर्ने उनले बताए । एयर सेफ्टीमा सरकारले बजेट कम गरेको उनको आरोप छ । “हाम्रोमा भनसुन चल्ने गरेका कारण पनि दुर्घटना भयो । दुर्घटनापछि एउटै निकायले छानबिन गर्ने अर्थात् झाँक्री पनि त्यही बोक्सी पनि त्यही भयो,” सांसद जबराले भने ।

रास्वपा सांसद शिशिर खनालले नेपालमा हवाई सुरक्षाको विषय निकै पेचिलो बनेको बताए । हवाई सुरक्षाको विषयमा कसरी अघि बढ्ने भन्ने कुरा मुख्य रहेको उनको भनाइ छ । “क्यानले नै हवाई सुरक्षा गर्दा यसले स्वार्थको द्वन्द्व बढेको छ,” सांसद खनालले भने, “हिजोको दुर्घटनालाई मात्र हेर्ने होइन क्यानमा पछिल्लो नेतृत्व आएपछि दुर्घटना बढेको छ ।”

नेपालमा मानवीय त्रुटि वा पाइलटको गल्ती भनेर छोड्ने गरिएको कारण पनि यस्ता दुर्घटना बढ्ने गरेको खनालको आरोप छ ।

पर्यटनमन्त्री बद्री पाण्डेले बुधबार भएको विमान दुर्घटनामा सरकारले छानबिन गरी त्यसको प्रतिवेदनको आधारमा एक्सन लिने बताए ।

क्यानले डेढ वर्षदेखि युरोपियन युनियनले कालोसूचीबाट हटाउन लागेको सुन्दै आएको र यसको बारेमा नतिजा आउनु पर्ने सांसद सुनिता बरालको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu