site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सञ्चालनमा आयो प्रभु स्टक मार्केट, सेयरसम्बन्धी सम्पूर्ण कार्य हुने

काठमाडौं । प्रभु स्टक मार्केट सञ्चालनमा आएको छ । प्रभु बैंक लिमिटेडको स्वामित्वमा प्रभु स्टक मार्केट सञ्चालनमा आएको हो । मार्केटको प्रभु बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले औपचारिक उद्घाटन गरेका छन् । 

सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।

उनले व्यावसायिक सेवा प्रदान गर्दै नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्पmबाट योगदान दिने बताए । 

त्यस्तै, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सहायक कम्पनीका रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको बताए ।

प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रूपमा स्थापित यस संस्थाले धितोपत्र खरिद बिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro