site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
अपरेशन थिएटरको प्रतीकात्मक तस्बिर ।

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन् । 

बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन् । डा. प्रमिला र रोशन दिदी–भाइ हुन् ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

“काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होइन, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा. प्रमिलाले भनिन्, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।” 

डा. प्रमिला आफैँले आमाको शल्यक्रिया गरेकी हुन् । डा. रोशन सोही अस्पतालको एनेस्थेसियामा छन् । डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुन् । उनले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गरेकी हुन् ।  

गएको बुधबार आमाको शल्यक्रिया गरेपछि अहिले आमाले घरमा आराम गरिरहेको डा. प्रमिलाले बताइन् । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो । 

“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा. प्रमिलाले भनिन्, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।” 

डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगन्ज, घोराही प्रतिष्ठानलगायत स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिएकी छिन् । उनी पछिल्लो ६ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छिन् । 

उनी तुलसीपुर–५ का स्थायी निवासी समेत हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro