site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको स्पष्टीकरण– विद्युत् प्राधिकरणसँग कुनै मतभेद छैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणसँग कुनै प्रकारको मतभेद नरहेको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकबाट प्रधानमन्त्री ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाउने पनि बताएका छन् ।

उनका अनुसार अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगको बिजुली जडान गरिएको छ ।

यसअघि आजै नेपाल विद्युत प्राधिकरणले ६ उद्योगको बिजुली जोड्ने निर्णय गरेको थियो ।

"हामीलाई उद्योगहरूबाट बक्यौता  उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाइन अहिले जोडिएको छ," उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro