site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केदार कार्कीमाथि लाग्यो सचिवलाई कुट्ने धम्की दिएको आरोप, सचिवालयले गर्‍यो अस्वीकार
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीमाथि सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ । कोसीको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कार्कीले ‘कुटपिट गर्ने धम्की दिएको’ आरोप लगाएका हुन् ।

कार्कीले टेलिफोनमार्फत 'शौचालयमा थुन्ने' धम्की दिएको भन्दै भट्टराईले प्रशासनमा उजुरी नै दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी परेपछि कार्कीको सचिवालयले आरोपका सम्बन्धमा विज्ञप्तिमार्फत प्रस्टीकरण दिएको छ ।

कार्कीको सचिवालयले तालुकदार मन्त्रालयबाट हुने काममा सचिव भट्टराईले ‘कमिसन माग्ने गरेको र पूर्वमुख्यमन्त्रीको समेत बदनाम गर्ने गरेको’ दाबी गरेको छ । प्रदेशमा गलत काम नगर्न भन्दै सचिवलाई ‘सचेतमात्र गराएको’ कार्कीका स्वकीय सचिव दिवश राजवंशीले जनाएका छन् ।

सचिव भट्टराईले ‘कार्कीविरुद्ध अनर्गल प्रचार गरेको र त्यही विषयमा सचेत गराएको’ दाबी विज्ञप्तिमा गरिएको छ ।

कार्की मुख्यमन्त्री रहँदा प्रदेश राजधानी विराटनगरमा सम्पन्न भएको “विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता जस्ता लगायतका खेलकुद गतिविधिको भुक्तानीका लागि बजेट रकमान्तर गराई मन्त्रिपरिषद्को निर्णय गरी भुक्तानी दिने तयारी सचिवज्यूले स्वयं गर्नुभएको अवगत गराउन चाहन्छु,” विज्ञप्तिमा उल्लेख छ ।

सचिव भट्टराईले रकम भुक्तानीको मन्त्रिपरिषद् निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयको सहमतिसमेत लिएको र त्यसपछि खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिसन मागेका विज्ञप्तिमा जनाइएको छ ।

“कमिसन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद् प्रस्ताव लग्न छाडेर काठमाडौं जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro