site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विरोध गर्ने दलहरूले संविधान नै राम्रोसँग पढेनन् : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले संविधान नै राम्रोसँग अध्ययन नगरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको बताए । उनले संविधानमा भएका कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।

"संविधान संशोधनको कुरा गर्दा यसपटक संसद्‌मा दुई तीनवटा कुरा आयो । यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्ने कुराहरू आए । तर, उहाँहरूले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरवलोकन गर्नुपर्छ भन्ने कुरा उहाँहरूले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ," कोइरालाले भने ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको बताउँदै खुसी व्यक्त गरे । राजनीतिक स्थायित्वका लागि भने निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro