site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो ।

उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भने सोमबार साँझ प्रहरीले फेला पारेको छ ।

तर, हत्याराबारे जिल्ला प्रहरी सुराकविहीन बनेपछि अनुसन्धान गर्न सीआईबीको टोली खटिएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro