site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वभर चर्चामा रहेको टेस्लाको साइबरट्रक, नेपाल भित्रिएला ?

काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय अटोमोटिभ एवम् शुद्ध ऊर्जा कम्पनी टेस्लाले उत्पादन गरेको साइबरट्रकले विश्वभर चर्चा पाएको छ ।

विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) उत्पादक कम्पनी टेस्लाले साइबरट्रकलाई विशेष गाडीको रुपमा निमार्ण गरेको छ । साइबरट्रकको डिजाइन, क्षमता, गति, अटोपाइलट मोड लगायतका शक्तिशाली र अत्याधुनिक फिचरले यसलाई विशेष गाडी बनाएको छ ।

टेस्लाले वास्तविक तथ्यांक सार्वजनिक नगरे पनि विश्वभर दश हजारभन्दा बढी साइबरट्रक कम्पनीले बिक्री गरिसकेको छ । 

कस्तो छ साइबरट्रक

साइबरट्रकको टोइङ (तान्न सक्ने) क्षमता ४ हजार ९८९ किलो छ । गाडीले एक हजार १३३ किलोग्राम तौल बोक्न सक्छ । यसको रेन्ज झन्डै साढे पाँचसय किलोमिटर छ । गाडीले दुई सेकेन्डमै ९६ किलोमिटर प्रतिघण्टाको गति दिन सक्छ ।

यो गाडी हिमाल, पहाड, तराइको बाटो, पानी जम्ने बाटो र पक्की वा कच्ची बाटोका लागि बनेको कम्पनीको भनाइ छ । गाडीको बाहिरी सतहको अल्ट्रा–हार्ड स्टेनल्यास स्टिलले कुनै क्षति हुन नदिने कम्पनीको दाबी छ । 

साइबरट्रकको बडीमा हथौडाले हानेको, बन्चरोले हानेको एवम् गोली हान्दासमेत न्युन क्षति वा क्षति नै नभएको भिडियोहरुले चर्चा पाएको थियो । गाडीको सिसाले ११२ किलोमिटर प्रतिघण्टाको गतिको बेसबलको असरलाई समेत थेग्न सक्ने टेस्लाको दाबी छ । 

cyber-1721701942.JPG
 

यसले गाडीभित्रसमेत बाहिरको हल्ला जान नदिएर शान्त बनाइराख्न मद्दत गर्छ । गाडीको पछाडि ६ फिट लामो र ४ फिट चौडा सामान बोक्न मिल्ने ठाउँ छ । गाडीको अगाडि र हिँड्न गियर लकरमा पनि ठाउँ छ ।

गाडीलाई १५ मिनेट चार्ज गर्दा २१८ किलोमिटरको रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बिजुली नहुँदा विद्युतीय उपकरण चलाउन सकिने र ११.५ किलोवाट बिजुली गाडीबाट घरमा प्रयोग गर्न सकिने टेस्लाको दाबी छ ।

गाडीमा अत्याधुनिक क्याबिन, प्राविधिक फिचर र मनोरञ्जन उपलब्ध छ । गाडीको अगाडि १८.५ इञ्जको र पछाडि ९.४ इञ्जको टच स्क्रिन छ । गाडीले ४८० मिटर परसम्म उज्यालो दिन्छ ।

कति छ गाडीको मूल्य ?

टेस्लाले हाल साइबरट्रकका तीन भेरियन्टका लागि बिक्री खुला गरेको छ ।

रेयर–ह्विल ड्राइभ 

जसमा सुरुवाती भेरियन्ट रेयर–ह्विल ड्राइभको मूल्य ६० हजार ९९० अमेरिकी डलर (८१ लख ५६ हजार रुपैयाँ ) छ ।  यसले ४०२ किलोमिटर रेन्ज दिन्छ भने ६.५ सेकेन्डमा ९६ किलोमिटर प्रतिघण्टाको गति दिन्छ ।

अल–ह्विल ड्राइभ

दोस्रोमा अल–ह्विल ड्राइभ साइबरट्रक रहेको छ । ५४७ किलोमिटर रेन्ज दिने यो गाडीले ४.१ सकेन्डमा ९६ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । 

१८० किलोमिटर प्रतिण्टाको अधिकतम गति रहेको गाडीको डुअल मोटरले ६०० हर्सपावर (करिब ४४७ किलोवाट) क्षमता उत्पादन गर्छ । यसको टर्क ७ हजार ४३५ पाउन्डफुट छ । यसको मूल्य ७९ हजार ९९९ अमेरिकी डलर अर्थात् एक करोड ६ लाख रुपैयाँ छ ।

साइबरबेस्ट

टेस्लाको सबैभन्दा माथिल्लो रेन्जको साइबरट्रक साइबरबेस्ट रहेको छ ।  यसले दिने रेन्ज ४०२ किलोमिटर नै छ तर, २.१ सेकेन्डमै ९६ किलोमिटर प्रतिघण्टाभन्दा बढी गति दिनसक्छ । यसको अधिकतम गति २०९ किलोमिटर प्रतिघण्टा छ । मोटर क्षमता ८४५ हर्सपावर रहेको साइबरबेस्टको टर्क दश हजार २९६ पाउन्डफुट छ ।

नेपाल भित्रिएला ?

भौगोलिकरुपमा नेपालका बाटोहरुका लागि पनि उत्कृष्ट देखिने साइबरट्रक नेपाल भने भित्रिइसकेको छैन । टेस्लाका अन्य मोडलहरु नेपालमा भित्रिएका छन् । तर, साइबरट्रक भने हालसम्म नेपाल भित्रिएको छैन । साइबरट्रक नै नभित्रिए पनि नेपाली बजारमा करोडभन्दा माथिका गाडीहरुको बिक्री उल्लेख्यरुपमा हुने गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro