site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटकमाथिको प्रतिबन्ध हटाउला ओली सरकारले ?

काठमाडौं । सरकारले छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटर्फम टिकटकमाथि प्रतिबन्ध लगाएको करिब नौ महिना भयो । सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसयता टिकटकले पटक–पटक नियमानुसार काम गरिरहेको भन्दै आग्रह गर्दा समेत सरकारले प्रतिबन्ध हटाएको छैन । सरकारको प्रतिबन्ध कायमै रहँदा पनि केही प्रयोगकर्ताले टिकटकमा चलाइरहेको बताउँदै आएका छन् ।

अनौपचारिक रूपमा केही इन्टरनेट सेवाप्रदायकबाट टिकटकमा पहुँच दिइएको यसबाट बुझ्न सकिन्छ । सरकारले भने प्रतिबन्ध हटाउने निर्णय गरेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे सरकार (मन्त्रिपरिषद्)बाट कुनै निर्देशन नआएको जनाएको छ । प्रतिबन्ध हटाउनेबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीको भनाइ छ ।

अघिल्लो सरकारले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले हेरफेर गर्न सक्ने अपेक्षा गरिएको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले सरकारले टिकटक प्रतिबन्ध गर्दा राजस्व घुमेको समेत टिप्पणी गरेका छन् ।

सरकारी अधिकारी र टिकटकका प्रतिनिधिबीच यसअघि भेटवार्ता भएको थियो । त्यति बेला सरकारी पक्षले नेपाली भाषाका अश्लील, हिसांत्मक र सामाजिक सद्भाव भड्काउने किसिमका कन्टेन्ट फिल्टर वा हटाउन सकिने भएपछि प्रतिबन्ध फुकुवा गर्ने भनाइ राखेको थियो ।

टिकटकले केही दिनअघि सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै टिकटकलाई विश्वकै निम्ति सुरक्षित बनाउन लागिपरेको जनाएको थियो ।

उक्त रिपोर्टमा टिकटकले २०२४ को पहिलो तीन महिनामा अपलोड गरिएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको उल्लेख गरेको छ । कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो र ९७ करोड ६४ लाख ७९ हजार ९४६ त्यसका कमेन्ट हटाएको रिपोर्टमा छ । यसरी टिकटकले प्लेटर्फमलाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro