site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको गुनासो– आवाज दबाउने प्रयास गरियो

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको संसद्को सत्रमा विपक्षीले आफ्नो आवाज दबाउने प्रयास गरेको भन्दै गुनासो गरेका छन् । भारतमा बजेट सत्र सुरु हुनुभन्दाअघि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले ६० वर्षपछि कुनै पनि सरकार लगातार तेस्रोपटक सत्तामा आएको र तेस्रो कार्यकालमा पहिलो बजेट आउन लागेको बताए ।

उनले सांसदहरूलाई अब पाँच वर्ष देशको लागि लड्नुपर्ने बताएका थिए । उनले भने, “म बहुत दुःखका साथ भन्न चाहन्छु कि केही सांसदले आफ्नो क्षेत्रको कुरा राख्ने मौका दिएनन् । आफ्नो राजनीतिक विफलतालाई ढाक्नका लागि उनीहरूले संसद्को महत्त्वपूर्ण समयको गलत रूपमा प्रयोग गरे ।”

उनले चुनिएको सरकारको आवाज कुल्चने प्रयास अलोकतान्त्रिक भएको बताउँदै २ घण्टा ५० मिनेटसम्म देशको प्रधानमन्त्रीको गला घोट्ने र आवाज दबाउने प्रयास गरिएको बताए । लोकतान्त्रिक व्यवस्थामा यस्तो कामलाई कुनै स्थान नहुने उनको भनाइ थियो ।  

अघिल्लो संसद्‌मा प्रधानमन्त्री बोल्दा विपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरेको विषयलाई लिएर मोदीले गुनासो गरेका हुन् । बीबीसी

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro