site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जमिनको विवाद मिलाइदिन आग्रह गर्दै घरैमा पुगेका समूहले रायको हत्या गरेको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जग्गाको विवाद मिलाइदिन आग्रह गर्दै घरैमा पुगेका समूहले नै सर्लाहीका रामचन्द्र रायको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनी पूर्वभूमिसुधार राज्यमन्त्रीसमेत हुन् ।

८० वर्षीय रायको उनकै निवास सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा गएराति हत्या गरिएको हो । सर्लाही प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ ।

उनको टाउकोको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । धनुषाको लालगढबाट कुकुरसहितको टोली लिएर प्रहरी घटनास्थल पुगेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ । 

प्रहरीले रायको घरमा काम गर्ने युवासँग सोधपुछ अघि बढाएको छ । उनले प्रहरीलाई दिएको प्रारम्भिक सोधपुछका क्रममा आइतबार साँझ नै तीनजना युवा रायको घरमा आएका थिए । आफूहरूको जमिनको विवाद मिलाइदिन आग्रह गर्दै रायको घरमा पुगेका थिए । उनीहरूले नै राति हत्या गरेको आंशका गरेको बताएका छन् ।

यद्यपि, उनले बताएको कुराको थप पुष्टि प्रहरीले गरिरहेको छ भने सोधपुछको काम भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro