site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिलगुडी । बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् । उनीसँगै नेपालीका ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो । 

उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो ।

दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् । टाइम्स अफ इन्डिया

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro