site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी टिमविरुद्ध नेपाल सोझो सेटमा पराजित 

काठमाडौं । रुसी टिमसँगको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाली राष्ट्रिय महिला टिमले सोझो सेटमा हार व्यहोरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले शारीरिक र रणनीतिक रूपमा बलियो रुसी टिमसँग पहिलो सेट २५–१७ ले गुमाएको थियो । 

दोस्रो सेटमा नेपालले सुधारिएको प्रदर्शन गरे पनि २५–१९ को हार व्यहोर्यो । अन्तिम सेट २५–१५ ले सहजै जितेपछि रुसी टिमले सोझो सेटमै घरेलु समर्थकमाझ नेपाललाई निराश बनाएको हो । 

नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारीस्वरूप रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

साउन १७ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् । यी दुई टिमबीचको दोस्रो खेल भोलि त्रिपुरेश्वरमै हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro